अभिभावक पढाउँदै रोङ गाउँपालिका
रोङ । आधिकांश विद्यालयमा विद्यार्थी पढाइन्छ तर विद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब विद्यालय जाने विद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ ।
त्यसका लागि सहजकर्ता नियुक्त गर्न सात दिने सूचना जारी गरिसकिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन्। अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ थियो । सोही कार्यविधिअनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएकामा १५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ थियो । शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले अभिभावक शिक्षा लागू गर्न लागिएको अध्यक्ष स्याङ्बोले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा दिवसकै दिन अभिभावक शिक्षा लागू गर्ने घोषणा गरिएकामा गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजनाअनुसार महिनाको एक दिन विद्यालयमै ल्याएर पढाइने भएको छ । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने हुन्छ । ‘महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा जानकारी दिलाउँछौँ,’अध्यक्ष स्याङ्बोले भने । विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् भन्ने बुझाइले सो कार्यक्रम अगाडि बढाइएको जनाइएको छ ।
यसअघि शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नु पर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ ।
आफूले विद्यालयमा पढ्दा बुबा(आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्न सक्ने अपेक्षा गरिएको छ । यो कार्यक्रम लागू भएपछि जानाजान अभिभावक शिक्षामा सहभागी नभए उनीहरूलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने पनि कार्यविधिमा उल्लेख छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
