कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित


कनकाई । कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेद्वार थापाले ५२३ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरेका थिए ।

थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले ४३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी साझा प्यानलका कृष्णप्रसाद घिमिरेले ४२२ मत प्राप्त गरे । अन्य पदाधिकारीतर्फका साझा प्यानलका उम्मेद्वार विजयी भएको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा निर्मलकुमार खतिवडाले ४८२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी डिल्लीराम बाह्रकोटीले ३८६ मत प्राप्त गरे ।

त्यस्तै धार्मिक उपाध्यक्षतर्फ प्रकाश थापाले ४८१ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी चन्द्रप्रसाद भेट्वालले ३७६ मत मात्र प्राप्त गरेका थिए । पर्यटन उपाध्यक्षमा अम्बिकादेवी खरेलले ४९४ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी रामप्रसाद अधिकारीले ३६७ मत प्राप्त गरे । सचिवमा यामनाथ खतिवडाले ४७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्दी युवराज पौडेलले ३३३ र अर्जुनकुमार बस्नेतले ५३ मत मात्र प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्षमा मानवहादुर पौडेलले ४९९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी अम्बिका चापागाई सुवेदीले ३१८ मत मात्र प्राप्त गरेका थिए । संस्थामा एक हजार १२८ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा ९२६ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।