नेकपा (एकीकृत समाजवादी) : असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने
मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ ।
आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेललेको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी समाजवादीले गएको निर्वाचनमा जनताको विस्वास तथा मत जित्न नसकेको स्मरण गर्दै आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाएर जनताको विश्वास जित्ने र पार्टीको औचित्य समेत पुष्टि गर्ने दावी गरे ।
समाजवादी पार्टी एमालेसँग विद्रोह गरेर आएको पार्टी हो,’ उनले भने,‘गएको निर्वाचनमा हामीले जनताको मन र मत जित्न सकेनौं । आगामी निर्वाचनमा गठबन्धनको नेतृत्व हामीले गर्नेगरी जनमत तयार गर्ने छौं ।’
उनले नेकपा समाजवादी पार्टीनै भरपर्दो विकल्प भएको दावी गरे । लाखौं जनतालाई एकीकृत समाजवादी पार्टीनै जनताको पार्टी भएको विश्वास दिलाउन र आगामी माघमा हुने राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन अभियानले फाइदा पुग्ने उनको भनाइ थियो ।
बेरोजगारी समस्या समाधान गर्ने कृषि क्रान्ति सफल पार्न, युवाहरुको विदेश पलायनलाई रोकेर देशमै रोगजारी सिर्जना गर्ने तथा चुनावी प्रणलीमा सुधार गर्ने जस्ता महत्वपूर्ण एजेण्डा लिएर पार्टी जनतामाझ जाने पार्टीले उद्घोष गरेको छ ।
अभियानमा केन्द्रीय अध्यक्ष माधब कुमार नेपाल, सम्मनित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाललगायतका सयभन्दा बढी नेता सहभागी बन्ने पार्टीका केन्द्रिय पार्सद शंकर थापाले जानकारी दिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनको केन्द्रिय उपाध्यक्ष तीर्थ सिक्देलले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
