‘संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको छ’
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा सरकारले विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको बताएका छन् ।
सभामुख घिमिरेले झापाको बिर्तामोडस्थित आफ्नो सचिवालयमा सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका छन् ।
विभिन्न कारणले संसद् अवरोद्ध भइरहँदा संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सरकार गम्भिर हुनेपर्ने उनको भनाई छ । जनताको सरकार पक्षसंग गुनासो दिनप्रतिदिन बढ्दै गइरहेको बताउँदै उनले त्यस प्रति सरकार गम्भीर हुनु पर्नेमा जोड दिए । साथै उनले जनताप्रति सरकारलाई गम्भीर बनाउन आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका सधैव खेल्ने प्रतिक्रिया दिए ।
विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि सोमबार साझ गृहजिल्ला आएका घिमिरे आफ्नो निर्वाचन क्षेत्रका मतदातासंग भेटघाट गर्नुका साथै विभिन्न विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


