काँकरभिट्टा बसपार्क पुनः मर्मत सम्भार हुने
मेचीनगर । नेपालको पुर्वी नाका स्थित काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जिर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्क पुनःमर्मत संम्भार हुने भएको हो ।
मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले काँकरभिट्टा बसपार्कको गरि विनियोजित एक करोड बजेटबाट प्राथमिकताको आधारमा पुनःमर्मत सम्भार गरिने भएको छ ।
बसपार्कको स्थलगत अनुगमन पश्चात् आज नगर प्रमुख बुढाथोकी सहित उपप्रमुख मीना पोख्रेल उप्रेती, मेची नगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्यहरू भविन्द्र सुब्बा, धुर्वकुमार राई र सिमा रसाइली, शहरी विकासका इन्जिनिय, रमिक्सेन राई, डेनिस भट्टराई, बसपार्क व्यवस्था समिति अध्यक्ष डिल्लीराम घिमिरे, सदस्यहरू माधव अर्याल, सुरेन्द्र बुढाथोकी, बिष्णुकुमार श्रेष्ठ, दुर्गाराज अर्याल र किरणकुमार तामाङलगायतको सरोकारवालाहरूसंगको उपस्थितिमा भक्कीएको ठाउँमा पुनःनिर्माण गर्ने, आवश्यकताका आधारमा यात्रु शाखा स्थापना गर्ने, बसपार्कमा पानी निकासी नहुँदा समस्या हुने गरेको हुँदा त्यसलाई बनाउने लगायतको बिषयमा छलफल गरिएको थियो ।
नगरप्रमुख बुढाथोकीले अहिले बजेट छुट्टयाइएको रकमले बसपार्क पुनःमर्मत सम्भार गरिने जानकारी दिए । साथै उनले मेचीनगरको गौरवको योजनाका रूपमा अगाडि सारिएको बहुतले टर्मिनल बसपार्क बनाउन नगरपालिका लागि परिरहेको बताए । उनले अहिले डिपिआर तयार भइरहेको बताए ।



झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
