गरीबी, बेरोजगार र अशिक्षाका कारण नेपालमा मानव बेचबिखनका घटना बढ्यो


मेचीनगर । गरीबी, बेरोजगारी र अशिक्षाका कारण प्रलोभनमा परी नेपालमा मानव बेचबिखन घटना बढेको पाइएको छ । कोभिडपछि नेपालमा देखा परेको आर्थिक मन्दीका कारण रोजगारीको अवसर खोज्दै बैदेशिक रोजगारीका क्रममा पुगेकामध्ये ८० प्रतिशत महिला बेचबिखनको सिकार बनेको कार्यक्रममा सरोकारवाला निकायले आफ्नो परिपत्रमा उल्लेख गरेका छन् ।

बुधबार झापाको काकर्भिट्टामा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिबस २०८० को सन्दर्भमा आयोजित सरोकारवाला सस्थाहरुसँगको छलफल क्रममा उक्त तथ्यसहितको परिपत्र सार्वजनिक गरेका थिए ।

महिला तथा बालबालिकालाई प्रयोग गर्न नक्कली भिषा, आधारकार्ड बनाएर भारतका विभिन्न ठाउँमा केन्द्र बनाएको र अन्य मुलुकमा बेचबिखन गर्दै आएको पाइएको छ ।

गरीबी, बेरोजगारी र अशिक्षासँगै पछिल्लो समयमा सोसियल मिडियामा देखिएका झुटा सामाग्रीको प्रलोभन, खुला सिमाना, सांस्कृतिक कार्यक्रम, शैक्षिक परामर्श, नेटवर्क बिजनेशका कारण बेचबिखनमा परेको कारितास नेपालका हिमालय अधिकारीले जानकारी दिए ।

विभिन्न प्रलोभनमा परी बिदेश पुगेर अलपत्र परेका वा मृत्यु भएर शब बेवारिसे बनेका महिला तथा पुरुषलाई नेपाल ल्याएर सहयोग गर्दै आएको अधिकारीले बताए ।

ती मध्ये महिलालाई विभिन्न प्रलोभन देखाएर एजेन्टले यौनजनन्य क्रियाकलापमा प्रयोग गर्दै आएका छ्न् भने बालबालिकार पुरुषलाई अंग प्रत्यारोपणका लागि बेचबिखन गर्दै आएको जनाइएको छ ।

७७ वटै जिल्लामा २ सय ४३ वटा प्रहरी सेवा कार्यालयबाट बेचिएका वा समस्यामा परेका पीडितलाई उद्दार गरेको इलाका प्रहरी कार्यालन काकरभिट्टाका दिपक भारतीले जानकारी दिए ।

२०७७ र ७८ आबमा २ सय ४४, जना २०७८ र ७९ आबमा ४ सय १०, २०७९ र ८० आबमा ५ सय ५१ जना, २०८०र८१ आबमा १३१ जनालाई उद्दार गरेको प्रहरीले आफ्नो प्रतिपत्रमा उल्लेख गरेको छ ।

त्यसको रोकथामका लागि मानव बेचबिखनसंग सम्बन्धित विभिन्न सामाजिक संघसस्था र इन्टरपोलसंग समन्वय गरेर नेपाल प्रहरीले रोकथामको प्रयास गरेको छ ।

कारितास नेपालको आयोजना, जिल्ला प्रशासन कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा आयोजित छलफल, सम्मान कार्यक्रमा र परिवर्तन थ्रिएटरले सडकमा कचहरी नाटक प्रदर्शन गरेको थियोे ।

कार्यक्रममा माइती नेपाल, एबिसि नेपाल, शक्ति समुह नेपाल आफन्त नेपाल, साना हातहरु नेपाल, कारितास नेपाल, मानव अधिकारका लागि एकल महिलालगायतलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे ।

माइती नेपालका गोबिन्द घिमिरेले पछिल्लो समयमा संगठित रुपमा अपराध गर्ने क्रम बढेकाले त्यसको नियन्त्रण गर्ने विधि र प्रक्रिया फितलो र कमजोर भएको परिपत्र प्रस्तुत गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने कार्यक्रममा मेची उधोग बाणिज्य संघ उपाध्यक्ष निर्मला भण्डारी र उमा शिवाकोटीले मन्तव्य राखेको कार्यक्रमको सन्चालन मुक्ति पौडेलले गरेका थिए ।