कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्छ : मेयर बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाजै राख्दा आवश्यक तरकारी, खाद्यान्नलगायतका कृषि सामाग्री बाहिरबाट आयत गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित पार्न आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।
शनिबार मेचीनगर-५ वडा कार्यालयद्वारा आयोजना गरिएको धानबालीको रोगकिरा तथा तरकारी खेती सम्बन्धि एक दिने तालिममा प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख बुढाथोकीले आफुसंग भएको स्रोत र साधानको भरपुर प्रयोग गर्दै कृषिमा आत्मानिर्भर बन्न सब लाग्नुपर्ने बताए । उनले पछिल्लो समय मानिसहरु विलासी जिवन जिउने बहानामा कृषि तर्फ आकर्षण घट्दै गएकोमा दुःख व्यक्त गरे । साथै उनले नगरपालिकाले पनि कृषि क्षेत्र र किसानहरुलाई उत्पादन पो्रत्साहनका कार्यक्रमहरु अगाडी बढाउने तयारी गरिरहेको बताए ।
मेचीनगर ५ का वडाध्यक्ष कनकबहादुर कार्कीको अध्यक्षतामा आयोजित तालिममा सहकारी अभियान्ता रामचन्द्र उप्रेती, मेचीनगर ५ का वडासदस्य मनकुमार लिम्बु, पुष्पकुमार गेलाल, सिमा प्रहरी चौकी नकलबन्दाका प्रमुख सई नरबहादुर खड्का, पूर्व जनप्रतिनिधि मेघराज गेलाललगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर ५ स्थित नकलबन्दा सामुदायिक भवनमा मेरो करेसावारी मेरो भान्साको लागि तरकारी भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा मेचीनगर ५ का विभिन्न टोल तथा कृषक समुहका किसानहरुको सहभागिता रहेको थियो । तालिममा अग्रज कृषि प्राविधिक टेकेबहादुर पौडेल र मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
मेचीनगर ५ वडा कार्यालयको आयोजना तथा वडास्तरीय मुल कृषक समितिको सहआयोना रहेको कार्यक्रममा स्वागत सहआयोजक समितिका संयोजक मनीकुमार आचार्यले गरेका थिए भने कार्यक्रम सञ्चालन मेचीनगर कार्यापालिका सदस्य माया प्याकुरेलले गरेकी थिइन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
