युवा संघ मेचीनगरको विवाद समाधान, भदौं १५–१६ मा अधिवेशन
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको अधिवेशनको मिति तोकिएको छ । भदौ १५, १६ गते अधिवेशन गर्ने निर्णय भएको नेकपा एमाले झापाका इञ्चार्ज बिशाल भट्टराईले जानकारी दिए ।
मेचीनगरमा तीन वर्षदेखि आन्तरिक विवादका कारण संगठन सक्रिय हुन सकेको थिएन । युवा संघको विवाद समाधानका लागि इञ्चार्ज भट्टराईले आज राखेको बैठकले अधिवेशनको मिति तोकेको हो ।
स्थानीय पार्टी कमिटीको अभिभावकत्व अधिवेशन गर्ने इञ्चार्ज भट्टराईले जानकारी दिए । लामो समयको विवादका कारण संगठनमा समस्या आएपछि अधिवेशनका लागि भट्टराईले प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई मेचीनगरको पार्टी नेतृत्व, युवा संघका नेता कार्यकर्ता समेतले सहमति जनाएका हुन् ।
विवाद समाधानका लागि पार्टीका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज भट्टराई, जिल्ला अध्यक्ष दिपक कार्की, एमाले नेता विष्णु प्रसाई, जिल्ला सचिव शिव ढुङगेल, मेचीनगर अध्यक्ष राजु पोखरेल सहित युवाहरुबीच बैठक सम्पन्न भएको हो ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
