नेकपा एमाले झापाको ‘वामपन्थी घर फर्क’ अभियान
बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलवार बसेको बैठकले कार्ययोजना पारित गरेको हो ।
बैठकमा स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यहरुका लागि आचारसंहिता जारी गरिएको छ । सोही बैठकमा पार्टीको वार्षिक लेखापरीक्षण समेत प्रतिवेदन प्रस्तुत थियो । पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी अपानी ८ प्रस्तुत, पार्टी कार्यालयको लागि प्राप्त जग्गा र त्यहाँ निर्माण गरिने पार्टी कार्यालयका बारे छलफल गरेको बैठकले जिल्लाभर अलमलिएका बामपन्थी नेता कार्यकर्ताहरुलाई घर फर्क अभियान सञ्चालन गगर्ने निर्णय गरेको छ ।
लामो समय एमालेमा राजनीतिक जीवन विताएका तर, विभिन्न घटनाक्रमले अलग्गिएका नेताहरुलाई घर फर्काउने अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको हो । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षता एवम् पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका सचिवालय सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
