मेचीनगर : मेयर बुढाथोकीद्वारा १६ बेडको अस्पताल भवनको शिलान्यास
मेचीनगर । मेचीनगरमा अस्पताल बन्ने भएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त १६ बेडको २४ सै घण्टा इमर्जेन्सी सेवासहितको नगर स्तरीय अस्पताल भवनको शिलान्यास गरेका छन् ।
मेचीनगर-१० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै नगरप्रमुख बुढाथोकीले भवन निर्माण सम्पन्न भइ अस्पताल सञ्चालनमा आउँदा नगरबासीलाई स्वास्थ्य सम्बन्धि उपचारमा थप सहज हुने बताए ।

एसियाली बिकास बैंक मार्फत जापान सरकारको अनुदानमा बन्ने भवन ६ महिनामा निर्माण सम्पन्न मेचीनगरलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र बाट २४ सै घण्टा प्रसुती सेवा र स्वास्थ बिमा कार्यक्रम संचालन भइरहेको बताउँदै अबको केहि महिना पछि यस क्षेत्रबाट २४ सै घण्टा इमर्जेन्सी सेवा सहित १५ सैयाको अन्तरङ्ग सेवा संचालन गर्न सकिने बताइन् ।
अस्पताल भवन शिलान्यास कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, ९ का वडाध्यक्ष कञ्चन तामाङ, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौला, ईन्जिनियर रोशन रिमाल, मेचीनगर १० का वडा सदस्य सोम ओझा, विशाल कार्कीलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
