बाहुनडाँगी पुगे सभापति रवि लामिछाने
इटाभट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहुनडाँगी पुगेका छन् । इटाभट्टामा झापा क्षेत्र नम्वर १ को भेलालाई सम्वोधन गर्नु पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहुनडाँगी पुगेका हुन् । हात्ती प्रभाबित क्षेत्रको बासिन्दाको समस्या सुन्नका लागि उनी बाहुनडाँगी पुगेका ह्न् । बाहुनडाँगी क्षेत्रको समस्याका बिषयमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी गराएका थिए ।
सिमा समस्या हात्ति बाट प्रभावित किसानलाई राहात बितरणमा देखिएको समस्या सिमा क्षेत्रमा तत्बन्धनलगाएतका बिषयमा कार्कीले सभापति रवि लामिछानेलाई जानकारी गराएका थिए ।
जनताको समस्या सुन्नका लागिनै आफु बाहुनडाँगी आएको बताउदै सभापति रवि लामिछानेले यहाँका समस्या दिर्घकालीन रुपमै समाधानका लागि आफु लागि पर्ने बताए । सभापति रवि लामिछानेलाई स्थानीय बासीले भव्य स्वागत गरेका थिए ।
कमल । झापाको कमल-३ मा रहेको केर्खा पब्लिक...
झापा । झापा मेचीनगर-३ का कुमार श्रेष्ठलाई उपचारमा...
मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको...
मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को...