रवि लामिछानेको टोली दुई दिन झापामा खटिने
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय नेताको टोली सहभागी हुने झापाका विभिन्न स्थानको कार्यक्रमको तयारी तीब्र पारिएको छ । जिल्लाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सभापति लामिछाने सहितको टोली झापा आउने भएका आज धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो । नेता लामिछाने नेतृत्वको टोली भदौ १ र २ गते झापामा सक्रिय भएर खटिने भएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्र र प्रायः सबै प्रदेश क्षेत्रमा रास्वपाले दुई दिने कार्यक्रम तय गरेको छ ।
सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक तथा संघीय सांसद निशा डाँगी, केन्द्रीय सदस्य तथा सांसद अशोक चौधरी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायतका केन्द्रीय नेताहरु जिल्लाको विभिन्न स्थानमा जाने कार्यक्रम रहेको जिल्ला सभापति उमेश खरेलले बताए ।
उनले दुई दिनमा करिब ८ वटा कार्यक्रममा सहभागी हुने तय भएको जानकारी दिए । ‘सभापति दुई दिनसम्म बिहानदेखि बेलुकासम्म नै खटिनु हुनेछ,’ उनले भने, ‘माईपूर्व र माईपश्चिम गरी दुईवटा खुल्ला सभासँगै कचनकवलको बनियानी, झापा बजार, बाहुनडाँगी, बुद्धशान्ति, हल्दिबारीको गोलधाप, शिवगञ्ज जस्ता ग्रामीण ठाउँमा पनि जाने कार्यक्रम रहेको छ ।’
साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको खुल्ला सभालाई सम्बोधन गरिसकेपछि लामिछाने झापा आउने छन् । त्यसको भोलिपल्ट भदौ १ गते बिहान बुद्धशान्तिको वडा नं ४ मा रहेको सुकुम्बासी बस्ती जाने, त्यसपछि बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र दमकको गोर्खा डिपार्टमेन्टको अगाडि राखिएको छ । सोही दिन झापाका उद्योगी, व्यवसायी, बौद्धिक तथा शैक्षिक व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भदौ २ गते जिल्लाका विभिन्न ठाउँहरुमा क्षेत्रीय भेला राखिएको छ । १ नम्बर क्षेत्रको क्षेत्रीय भेला मेचीनगरको इटाभट्टा, ३ नं क्षेत्रको बनियानी, ३ नं कै गोलधाप, ४ नं को झापा गाउँपालिकाको झापा बजार, ४ नं कै शिवगञ्ज बजार, ५ नं को गौरादहमा क्षेत्रीय भेला राखिएको छ । सोही दिन लामिछानेले सुरुंगाका सन्थाल परिवारसँग भेट्ने कार्यक्रम पनि रहेको जिल्ला सभापति खरेलले बताए ।
रास्वपाले झापाको १५ वटै पालिकामा संगठन विस्तार गरिसकेको छ । गौरीगञ्ज गाउँपालिकामा बुधवार ९आज० समिति गठन भएको खरेलले जानकारी दिए । झापा जिल्लामा करिव ५० हजारलाई सदस्य बनाउने गरी अभियान सञ्चालन भइरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा रास्वपाका कोशी प्रदेश इन्चार्ज ओम भण्डारीले अब वडा वडामा संगठन विस्तार गरेर मिसन ८४ को लक्ष्यमा पुग्ने दाबी गरे । रास्वपाले मिसन ८४ मा बहुमत ल्याएर एक नम्बर पार्टी बनाउने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा मेचीनगर नगर सभापति कमल गौतमले मेचीनगरको इटाभट्टामा हुने सभालाई व्यवस्थित रुपमा आयोजना गरिने बताए । पत्रकार सम्मेलनमा प्रदेश समिति सदस्य, जिल्ला, नगर तथा वडाका पदाधिकारी सहभागी थिए । कार्यक्रमको सञ्चालन दिपक भट्टराईले गरेका थिए ।
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

