रोट्याक क्लब मेचीनगर : एकदिने निःशुल्क आँखा शिविर
मेचीनगर । रोट्याक क्लब अफ मेचीनगरको आयोजनामा मेचीनगर-८ मा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । मेचीनगर-८ स्थित दुर्गेस्वरी सामुदायिक भवनमा शनिबार आयोजित निःशुल्क आँखा शिविरमा २८१ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए ।
काँकरभिट्टा आई केयर सेन्टरको प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा आँखा परिक्षण गराएका मध्ये २५ जनाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै ९ जनाको आँखामा मासु पलाएको समस्या पुष्टि भएको हुँदा उनीहरुलाई समेत शल्यक्रिया गरिने कार्यक्रम संयोजक अमर मेचेले जानकारी दिए ।
रोट्याक क्लब अफ मेचीनगरका अध्यक्षता श्याम शिवाकोटी अध्यक्षतामा आयोजना भएको कार्यक्रममा मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य तथा न्यायिक समिति सदस्य कुन्दन निरौला, कार्यपालिका सदस्य तथा भौतिक तथा पूर्वाधार विकास संयोजक चित्र धिमाल, कार्यपालिका सदस्य तथा लेखा समिति सदस्य कविता मिजार, पूर्व वडा सदस्य सन्तोष मेचे, खिला मेचे, वडा मेलमिलप कर्ता गणेश कार्की र समावेशी टोल अध्यक्ष विशु लाल मेचेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन आयोजक क्लबकी सचिव लुना दाहालले गरेकी थिइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
