राष्ट्रिय युवा संघ झापा : याङबरकका बाढी–पहिरो पीडितलाई खाद्यान्न वितरण
झापा । पाँचथर जिल्लाको याङबरक गाउँपालिकामा गत असार २ गतेको बाढी पहिरोबाट पीडित परिवारलाई राष्ट्रिय युवा संघ नेपालले राहत सामाग्री वितरण गरेको छ ।
‘दुखिको घर : युवाको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको अगुवाइ जिल्ला कमिटी झापाको पहल र स्थानीय पालिकाको सहयोगमा राहत वितरण गरिएको हो । युवा संघले राहत स्वरूप १ सय २४ बोरा चामल वितरण गरेको छ ।
राहत वितरण कार्यक्रममा संगठनका केन्द्रीय कमिटी सदस्य खगेन्द्रराज आङ्देम्बे, सागर पोर्तेल र कमल थपलियाले युवा संघको तर्फबाट भनाइ राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय युवा संघ प्रदेश कमिटी सदस्य रघु धिमाल, झापा जिल्ला कमिटी अध्यक्ष फुर्बा लामाको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी उपसचिव नरबहादुर गुरुङ, जिल्ला सचिवालय सदस्य सुरेन राई, मेरुन योङ्हाङ लगायतको सहभागिता थियो ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
