१९ जना जेष्ठ नागरिकलाई आजीवन सदस्यता
इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर–७ ले सोमबार आजीवन सदस्यताको प्रमाण पत्र वितरण तथा स्वास्थ्य शिविरको ब्यानर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं ७ को वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच १९ जना आजीवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै, गत बैशाखमा जेष्ठ नागरिक वडा समितिले आयोजना गरेको स्वास्थ्य शिविरको झलक अंकित ब्यानर वडा कार्यालयमा बुझाइएको छ । समितिले बैशाख १९ देखि २७ गतेसम्म जेष्ठ नागरिकलाई लक्षित शिविर आयोजना गरेको थियो ।
जेष्ठ नागरिक वडा समिति मेचीनगर–७ का अध्यक्ष पिताम्बर शर्माको अध्यक्षता तथा जेष्ठ नागरिक मेचीनगर समिति अध्यक्ष अंगतबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, जेष्ठ नागरिक मेचीनगर समितिका उपाध्यक्ष हिम्मत क्षेत्री, नगर सचिव टिका न्यौपाने, जेष्ठ नागरिक अगुवा युद्धराज ओली, नेपाली कांग्रेसका मणिकुमार राजवंशी, एमालेका हिरामन राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता भेषराज ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेष्ठ नागरिक वडा समितिका उपाध्यक्ष प्रेमराज गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अमर परियारले गरेका थिए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

