भारतको पानीटंकीमा महेन्द्र पार्टसको शोरुम
काँकरभिट्टा । नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउने भएको छ । पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका गाडिहरुको लागि आधिकारीक स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा आउन लागेको हो ।

सिंह मोटर्सको नाममा गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउन लागेको सञ्चालक बिक्रम राजवंशीले बताए । भोली मंगलवारबाट शोरुम सञ्चालनमा आउने राजवंशीले बताए । उद्घाटनको अबसरमा पार्टसहरुको खरिदमा १२ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।

भारतको पानीटंकीमा सञ्चालमा आउन लागेको सिंह मोटर्स विक्री कक्षबाट मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स सहज रुपमा उपलब्ध गराइने सञ्चालक राजवंशीले बताए । नेपाली बजारलाई लक्षित गरि सञ्चालनमा ल्याइएको शोरुमले ग्राहकको मन जित्नेमा आफु विश्वस्त रहेको राजवंशीले बताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
