भारतको पानीटंकीमा महेन्द्र पार्टसको शोरुम
काँकरभिट्टा । नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउने भएको छ । पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका गाडिहरुको लागि आधिकारीक स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा आउन लागेको हो ।

सिंह मोटर्सको नाममा गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउन लागेको सञ्चालक बिक्रम राजवंशीले बताए । भोली मंगलवारबाट शोरुम सञ्चालनमा आउने राजवंशीले बताए । उद्घाटनको अबसरमा पार्टसहरुको खरिदमा १२ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।

भारतको पानीटंकीमा सञ्चालमा आउन लागेको सिंह मोटर्स विक्री कक्षबाट मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स सहज रुपमा उपलब्ध गराइने सञ्चालक राजवंशीले बताए । नेपाली बजारलाई लक्षित गरि सञ्चालनमा ल्याइएको शोरुमले ग्राहकको मन जित्नेमा आफु विश्वस्त रहेको राजवंशीले बताए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

