सहिदद्वय वीरेन र विश्वनाथको नामबाट मेचीनगरका दुई सडक घोषणा
झापा । झापाको मेचीनगर नगरपालिकाले सहिदलाई सम्मान गर्दै नगरका प्रमुख दुइ सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ । नगरपालिकाकले मेचीनगर–६ स्थित काँकरभिट्टा बाहुण्डाँगी हुँदै निन्दा सिरान जोडने सडक र मेचीनगर १० स्थित धुलाबारी, ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट नमकरण गरेको हो।
बिहीवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बिशेष प्रस्ताव मार्फत धुलाबारी ज्यामिरगढी जोड्ने सडक सहित बिरेन राजबंशीको नामबाट बिरेन राजबंशी मार्ग घोषणा गरेका हुन् । त्यस्तै काकँरभिट्टा बाहुण्डाँगी सडक सहिद बिश्वनाथ घिमिरेको नाममा सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा गरेका छन् ।
जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको सुखानी जंगलमा २१ फागुन २०२९ मा गोलीहानी मारिएका पाँच झापाली कम्युनिष्ट योद्धाहरु मध्येका एक हुन बिरेन राजबंशी । ऐतिहासिक झापा आन्दोलनका महान् शहिदहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठ थिए । आज उनै बिरनेको नामबाट मार्ग घोषणा भएको छ ।
त्यस्तै काँकडभिट्टाबाट निन्दा सिरान सम्मको सडकलाई सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा गरिएको छ । झापा जिल्लाको प्रथम सहिद बिश्वनाथ घिमिरे लोकतन्त्र र देशको लागि सहिद बनेका थिए । उनको कर्मस्थल र सहादतस्थल दुबै क्षेत्रलाई समेटदै सहिद बिश्वनाथ घिमिरे स्मृति मार्ग नामकरण गरेको छ ।
स्थानीय सरकारले सहिदद्वय वीरेन र विश्वनाथको सम्मान गरेको भन्दै मेचीनगरबासीले उक्त कार्यको प्रशंसा गरिरहेका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
