लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवसमा काँकरभिट्टामा र्याली
मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरमा झापाको काँकरभिट्टामा र्याली निकालिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषध विरुद्धकै अभियानमा पूर्वीनाकामा सक्रिय विभिन्न संस्थासँगको सहकार्यमा आज र्याली निकालिएको हो ।
‘लागुपदार्थको खेति र कारोवार भताभुङ्ग परिवार र बास हुन्छ कारागार’ ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता लागुऔषध अपराध विरुद्धको ऐक्यवद्धता’ लगायत लागुऔषध विरुद्धको सचेतना स्वरुप विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर इलाका परिषरबाट निस्किएको र्याली काँकरभिट्टा बजार परिक्रममा गर्दै बाहुण्डाँगी रोडमा रहेको ‘बोर्डल्याण्ड क्याफे एण्ड बार’ परिषरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागुऔषधको दुव्र्यसनी समाजमा व्यापक बन्दै गएको र यसलाई न्युनिकरणका लागि हरेक क्षेत्र सचेत बन्नुपर्ने बताउनुभयो । लागुऔषध न्युनिकरणका लागि नगरपालिकाले पनि प्रभावकारी कार्यक्रमको खोजी गरिरहेको र यस क्षेत्रमा बजेट नै निर्धारण गरेर कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई थियो ।
अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्रले यसअघि देखिनै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेका थिए । अन्तरक्रिया देखि टोलटोलमा पुगेर सचेतामुलक कार्यक्रम स्वरुप सप्ताहव्यापी कार्यक्रम आयोजना भएको थियो । जसको समापन स्वरुप आज दिवसका अवसरमा र्याली निकालिएको इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारतीले जानकारी दिनुभयो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...