मेचीनगरकाे लोकप्रिय बजेटः शिक्षामा १५ नारा
मेचीनगर । आइतबार नगर सभामा प्रस्तुत भएको मेचीनगरको बजेटमा शिक्षाका १५ योजना समेटिएको छ ।
नगरको दीर्घकालिन शिक्षा रणनीति निर्माणदेखि विद्यालयको भौतिक पूर्वाधारमा बालमैत्री तथा अपाङ्गतामैत्रीसम्म समेटिएको छ ।
शिक्षाको गुणस्तर बढाउन अनुगमनलाई कार्यविधि बनाई अनुगमन प्रणाली थप प्रभावकारी बनाउने उल्लेख छ ।
त्यस्तै प्रत्येक आर्थिक वर्षमा नगर भित्रका एक आधारभूत तथा माध्यमिक विद्यालय छनोट गरी विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको व्यवसायिक क्षमता विकासको लागि लगानी गर्ने जनाएको छ ।
विषयगत शिक्षकहरुको अभिलेख व्यवस्थापन गरी नगरपालिकाको शैक्षिक विकासमा अनुभव समेटिनेसमेत उल्लेख छ ।
त्यसैगरी विद्यालयमा पुस्तकालय, विज्ञान, र कम्प्युटर प्रयोगशाला स्थापनाको नीतिदेखि नगर भित्रका गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालगायतको स्तर उन्नती गरिने बताइएको छ ।
शिक्षाको गुणस्तर वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरी सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाको अध्ययनसँग सम्बन्धित गुनासो सम्बोधन गरिनेजस्ता महत्वकांक्षी योजना समेटिएको छ ।
सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन प्रकृयालाई समयानुकुल बनाउने गरी नगर शिक्षा नियमावलीमा समावेश गर्ने उल्लेख छ ।
इच्छुक दाताहरु र नगरपालिकाको सहकार्यमा अति विपन्न परिवारका छात्रछात्राहरुको उच्च शिक्षा अध्ययनका लागि छुट्टै शैक्षिक कोष स्थापना गरी सञ्चालन गरिने प्रस्तुत बजेट नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
