कलाकारितामा उत्तम प्रधान व्याक ‘दर्पण छायाँपछि फेरि’ आउदै
झापा । नेपाली चलचित्रका चर्चित कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँपछि फेरि’ नामक नेपाली चलचित्र बजारमा ल्याउने भएका छन् । मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वले बनाउन लागेको छु ।’ कलाकार उत्तम प्रधानले बनाउन लागेको उक्त चलचित्रमा दर्पण छायाँका अधिकांश कलाकारसँगै केही नयाँको अभिनय रहने बताए ।
करिब अढाई दर्शक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नायक उत्तम प्रधानको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । दर्पण छायाँमा कलाकार प्रधान अन्धाको भूमिकामा देखिएका थिए । आज तिनै सुपरस्टार नायक प्रधानले दर्पण छायाँको सिक्वेल ल्याउन लागेका हुन् ।
‘लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि भारतको सिक्किम बस्दै आएका छन् । सिक्किममा बसेर पनि उनले नेपाली चलचित्रको विकासमा सहयोग गर्दै आएका छन् । ‘म नेपाली चलचित्रबाट टाढा छुइनँ,’ उनले भने, ‘मेरा दर्शकले सबै चिज ९सम्मान० मलाई दिनु भएको छ । अब मैले दिने बेला आएको छ ।’
नेपाली चलचित्र उद्योगबाट हराएका कलाकार उत्तम प्रधान सिक्किम सरकारको चलचित्र विकास बोर्डको अध्यक्ष पनि भए । उनी सन् २०१४ देखि २०१९ सम्म अध्यक्ष बनेर नेपाली चलचित्रको क्षेत्रमा पुलको काम गरे । उनकै पालामा नेपाली चलचित्रको प्रवद्र्धन र प्रचारमा ठूलो योगदान पुगेको थियो । त्यसबेला नेपाली चलचित्रका कलाकारलाई सिक्किममा बोलाएर अवार्ड कार्यक्रमसमेत सम्पन्न गरेका थिए उनैले ।
कलाकार उत्तम प्रधान अहिले राजनीतिसँगै चलचित्र क्षेत्रमा सक्रिय छन् । यद्यपि चलचित्र क्षेत्रमा लामो समय पछि उनको सक्रियता बढेको हो । ‘नेपालमा चलचित्रमा अभिनय गरेर मलाई धेरै चिन्नु भयो,’ शुक्रवार काँकरभिट्टा आएका कलाकार प्रधानले भने, ‘नेपाली चलचित्र क्षेत्रले मलाई चिनाएको छ, दर्शकले धेरै माया दिनु भएको छ, आगामी दिनमा नेपाल फिल्मी उद्योगमै नयाँ−नयाँ फिल्म बनाएर अगाडि बढ्ने योजना बनाएको छु ।’
लहना, मलाई माफ गरिदेउ, परे माया जालमा, बसाई, मितिनी लगायतका तीन दर्जन बढी नेपाली चलचित्रमा उनले अभिनय गरिसकेका छन् । तिनै कलाकार प्रधान एकाएक चलचित्र क्षेत्रमा फर्किएका हुन् । शुक्रवार काँकरभिट्टामा उनी श्रीमती संगीता प्रधानसँगै आएका हुन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
