बर्षातले धाइजन−दुहागढी महोत्सव प्रभावित

मेचीनगर । निरन्तर बर्षातका कारण झापाको मेचीनगर १४ मा सञ्चालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव प्रभावित भएको छ । अविरल बर्षातका कारण मेचीनगर-११ बाट संकलित पानी महोत्सव स्थल जम्मा भएपछि हाल महोत्सव बन्द भएको हो ।
जिल्ला प्रशासनबाट प्रदान गरेको अनुमति जेठ ३१ गते नै सकिएपछि स्थानीयको चाहनाबमोजिम आयोजक र ठेकेदारले पुनः २ पटक थप गरेर असार १० गतेसम्मको अनुमति लिएका थिए ।
बुधबार र बिहिबार परेको अविरल वर्षातले महोत्सव डुबानमा परेको छ ।
महोत्सव परिषरमा प्रयोग हुने सामाग्री सबै नोक्सान भएको ठेकेदार गणेश राउतले जानकारी दिए । उनका अनुसार संकलित पानी निकास नहुदा महोत्सवस्थलमै जम्मा भएर समस्या भएको छ । केहिदिन अघि स्थलमा जमेको पानी मोटर प्रयोग गरेर दिनभर पानी फाले । एकदिनपछि फेरि परेर समस्या भयो राउतले भने ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...