मेचीनगर वडा नं. १० को ‘डिजिटल एप्स’ सञ्चालन
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/06/received_1082000802778176.jpeg)
धुलाबारी । झापा मेचीनगर वडा नं. १० को कार्यालयले वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उदेश्यले ‘डिजिटल एप्स’ सञ्चालन गरेको छ ।
वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने प्रयत्न गरेको हो । वडा कार्यालयले वडा प्रोफाइल तयार गरेर वडावासीको अवस्थालाई केन्द्रीकृत गर्न अभियान थालेको वडाध्यक्ष नारायण खनालले बताए ।
उनका अनुसार यसखालको वडा प्रोफाइल मेचीनगरमै पहिलो हो । उक्त एप्समा वडाको जनसंख्या, घरधुरी, शिक्षा, स्वास्थ्य, कृषि, दमकल, एम्बुलेन्स, अस्पताल, विद्यालय, जनप्रतिनिधि, कर्मचारी लगायतका अवस्था संकलन गरिने र सबैले एप्समार्फत हेर्न सकिने वडाध्यक्ष खनालले बताए ।
डाटा संकलन गर्नका लागि २० जना संकलक खटाइएको छ । उनीहरुलाई वडा कार्यालयले प्रशिक्षण प्रदान गरेर वडाका घरघरमा खटाएको हो । संकलकले त्यहाँबाट सबै विवरण एक हप्ताभित्रमा संकलन गर्ने बताइएको छ । आफ्ना सुझाव समेत राख्न पाउने गरी संकलक गाउँ गाउँमा खटाइएको वडा सदस्य विशाल कार्कीले बताए ।
आज (शनिबार) वडा कार्यालयमा एक कार्यक्रम गरी वडाको एप्स उद्घाटन गरिएको छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्दै प्रविधिसँग नागरिकलाई जोडेर सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।
वडाध्यक्ष खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा धर्मेन्द्र खड्का, वडा सदस्य विशाल कार्की लगायतले एप्सका बारेमा जानकारी गराएका थिए । वडा सदस्य लीलादेवी दर्नालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव जितेन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा मेचीनगर वडा नं ९ का वडा सदस्य सुष्मा कार्की डोली लगायतको आतिथ्यता रहेको थियो ।
……………………..
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...