• शुक्रबार, साउन २९, २०८३
  • | August 14, 2026

मेचीनगर-४ : बाहुनडाँगी स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु


मेचीनगर । मेचीनगर-४ रहेको बाहुनडाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा शुभारम्भ भएको छ।

स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर-४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ ।

उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले बाहुण्डाँगी स्वास्थ चौकीमा सेवा थपिएसंगै अब मेचीनगर-४ का मात्रै होइन साविक बाहुण्डाँगी गाविस क्षेत्रका सबै नागरिकले लाभ लिन सक्ने बताए ।

नगरका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ सेवा सहजरूपमा उपलब्ध गराउन आफुहरू लागि परेको बताउँदै उनले अब मेचीनगरबासीले स्थानीय क्षेत्रमा नै सर्वसुलभ स्वास्थ सेवा उपलब्ध गराउन नगरका स्वास्थ शाखा, उपशाखा र स्वास्थ चौकीमा विभिन्न सेवाहरू थप्दै जाने लक्ष्य रहेको बताए ।

सेवा सुभारम्भ कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर सामाजिक विकास शाखा प्रमुख बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर स्वास्थ शाखा प्रमुख सावित्रा सापकोटा, पुर्व बाहुण्डाँगी गाविस अध्यक्ष निलकण्ठ तिवारीलगायतको आतिथ्यता रहेको थियो ।


सशस्त्र प्रहरीद्वारा काकडभिट्टासहित ६ नाकामा बीआईटी परिचालन

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...

मेची क्राउन : क्षमादेवी बाहिरियो, सापकोटाको शेयर ५१ प्रतिशत

मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...

जमरकट्टेलको निधनमा प्याब्सन झापाद्वारा शोक विदा घोषणा

  झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...

रविनले छाडे मेचीनगरको खेलकुद समिति

मेचीनगर । नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन...

नगर शिक्षा प्रमुख भण्डारीले भने, ‘मलाई डुबाए’

मेचीनगर  । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...

मेचीनगरको सार्वजनिक सुनुवाईमा प्रश्नै प्रश्न प्रहार

मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...

मेचीनगरमा ३८ ज्यालादारी कर्मचारी निकालिए

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...

कानुन विपरीत शुल्क उठाएका छैनौं : निजी विद्यालय मेचीनगर

मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...