• बुधबार, असार ४, २०८२
  • | June 18, 2025

मेचीनगर-४ : बाहुनडाँगी स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु


मेचीनगर । मेचीनगर-४ रहेको बाहुनडाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा शुभारम्भ भएको छ।

स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर-४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ ।

उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले बाहुण्डाँगी स्वास्थ चौकीमा सेवा थपिएसंगै अब मेचीनगर-४ का मात्रै होइन साविक बाहुण्डाँगी गाविस क्षेत्रका सबै नागरिकले लाभ लिन सक्ने बताए ।

नगरका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ सेवा सहजरूपमा उपलब्ध गराउन आफुहरू लागि परेको बताउँदै उनले अब मेचीनगरबासीले स्थानीय क्षेत्रमा नै सर्वसुलभ स्वास्थ सेवा उपलब्ध गराउन नगरका स्वास्थ शाखा, उपशाखा र स्वास्थ चौकीमा विभिन्न सेवाहरू थप्दै जाने लक्ष्य रहेको बताए ।

सेवा सुभारम्भ कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर सामाजिक विकास शाखा प्रमुख बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर स्वास्थ शाखा प्रमुख सावित्रा सापकोटा, पुर्व बाहुण्डाँगी गाविस अध्यक्ष निलकण्ठ तिवारीलगायतको आतिथ्यता रहेको थियो ।


मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

बिर्तामोडकी अनुजाले ल्याइन् ‘गुन्यु चोली पटुकी’

झापा । दान बहादुर कार्कीको शब्द तथा रचनामा...

मेचीनगर ४ मा हात्तीमैत्री उद्यमशील तालिम

मेचीनगर । मेचीनगर–४ , बाहुनडाँगीमा बाँसको जरा र...

अखिलको केन्द्रिय सदस्यमा धमलाको उम्मेद्धवारी

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

चारआली जेसीजको प्रकरण गोष्ठी भव्य रुपमा सम्पन्न

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...

झापा नेशनल स्कुलका विद्यार्थीले बनाए टेलिस्कोप

मेचीनगर । झापाको मेचीनगर-७ मा रहेको झापा नेशनल...

वातावरण दिवसमा साइकल रेस र बतृत्वकला सम्पन्न

बाहुनडाँगी । विश्व विश्व वातावरण दिवस २०८२ अवसरमा...

शिविरमा दुईसयबढीले सेवा लिए

चारआली । हातेमालो सामुदायिक वन उपभोक्ता समुहले आयोजना...