हल्लाको पछि नलागि सत्यतथ्य बुझ्न नगरप्रमुख बुढाथोकीको आग्रह
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका बिषयमा केही मिडिया र त्यससँग सम्बन्धित व्यक्तिले समाचार सम्प्रेषण गरिरहेको बिषयमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले त्यसको खण्डन गरेका छन् ।
नगरप्रमुख बुढाथोकीले नगरपालिकाको बिषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राखेका हुन् ।
यस्तो छ नगरप्रमुख बुढाथोकीको स्टाटस् ।
आदरणीय नगरबासी माहानुभावहरु – केही दिन देखि मचीनगर नगरपालिकाका केही समाचारहरुको बारेमा केही यथार्थ सार्वजनिक गर्नै पर्ने भएकाले केही बिषय स्पष्ट पार्न चाहान्छु ।
१. सामाजिक सुरक्षा भत्ताको बिषयमा मलाई गत कार्तिक महिनामा नै कोलेनिकाले रेकर्ड मिलेको छैन जस्तो छ समस्या पहिचान गरेर समाधान गर्न सुझाब दिएको र तत्कालीन प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराए । सम्बन्धित कर्मचारीलाई समेत पटक पटक समस्या पहिचान र समाधान गर्न आदेश गरियो यहि बिचमा माहालेखा परिक्षकले परिक्षण गर्दा लामो समय देखिको नपाको र बैंकको हिसाब विवरणमा ठुलो रकम फरक परेको देखिए पछि समस्या पहिचान भइ समाधान गरिएको छ तर के ५/६ वर्ष देखिको समस्या हामीले हाम्रो कार्यकालमा सिर्जना गरेको हो कि हामीले समाधान चै गरेको ?
२.बेरुजु विवरण :
सवै सरकारी कार्यलयको कारोवार प्रत्येक आर्थिक वर्षको अन्त्य पछि अर्को आर्थिक बर्षमा अघिल्लो वर्षको कारोवार कानुन बमोजिम भए नभएको माहालेखा परिक्षकको कार्यलयले परिक्षण गर्छ । बेरुजु भनेको कानुन बमोजिम सबै प्रकृया पूरा नगरि गरिएको भुक्तानी लगायतका कार्य पर्छन् । प्रचार गरिएको १७ करोड बेरुजु कुन आ.ब.को हो भनेर उल्लेख नगरी चालू आ.ब.को बेरुजु हो जस्तो बुझिने गरि प्रचार गरिएको छ । यो बेरुजु आ.ब.२०७८/०७९को हो । सो वर्ष हाम्रो कार्य जम्मा ४८ दिन हो त्यो पनि आ.ब. कोअन्त्य समय । तर हाम्रै कार्यकालमा सखाप पारेको भन्ने कुप्रचार गरिएको छ ।
३. आज फेरि तारजाली :
हामी गत वर्ष बैसाख ३० गतको निर्वाचनबाट निर्वाचित भइ जेठ १२गतेदेखि कार्यभार सम्हाल्दा जम्मा ६८/७० वटा मात्र तार जाली थियो के हालत भयो होला त्यो पनि जेठ अषाडमा । तत्कालनै खरिद गर्न सकिएन लामो समय सम्म खरिद भएन कारण बिगतका केही घटना क्रमको अनुमान गर्दा हुन्छ । अहिले कार्यरत प्रमुख प्र.अधिकृतले खरिद प्रक्रिया बडाउनु भएको छ ।तर अघिल्लो वर्षको तार जाली वितरणको अभिलेख नभएको हामीले खोज्यो यथार्थ थाहा पाउन छानबिन गरिदैछ तर समाचार र प्रतिक्रियाहरु यहीँ वर्षको तार जाली हिनामिना गरेको जस्तो गरि प्रसारित छ ।
४. पानीको धारा :
पानी बिल मात्रै होईन नपा अन्तर्गतका पानी, बिजुली लगायत धेरै विषयका ५/६ वर्ष देखिको बिल वक्यौता रहेछन। भुक्तानी दाइत्व रेकर्डमा नदेखिदा भुक्तानीमा पनि समस्या हुने यस्ता समस्या धरै रहेछन जुन बिषय जनप्रतिनिधिलाई थाहा हुदैन समस्या आएपछि मात्र थाहा हुन्छ । गत घटनाको पानीको विल बैसाखमै भुक्तानीका लागि निर्णय गरेको तर भुक्तानी भएनछ । उपरोक्त प्रकृतिका र अन्य पनि थुप्रै व्यवस्थापकिय समस्याहरु थाहा हुदैछन र क्रमश: समाधान गरिने छ । नगरपालिका अविछिन्न उत्तराधिकारी संस्था हो काम गर्ने क्रममा कमजोरीहरु हुन्छन् तर कमजोरीहरु कुन प्रकृतिका हुन नियत पुर्वक हुन होइनन् निक्योल गर्न पर्छ ।
जिम्मेवारीमा आएपछि जुनसुकै कालको होस कसैलाई लान्छना लगाएर पन्छिनु हुदैन । समस्या समाधानमा सबैको सहयोग लिएर लाग्नु पर्छ र लागि रहेका छौ तर निरन्तर प्रहार भएकाले केही स्पस्ट पार्न चाहे । अन्यथा हुदैन होला ! केही भन्दैन,यथार्थ थाहा पाउ भन्ने अपेक्षा धेरैको छ केही दिन पछि सन्दर्भ मिलाएर न.पा.को तर्फबाट अन्य बिसय समेत सार्वजनिक गर्नेछु । धन्यवाद ।
मेचीनगर । मेचीनगर नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस...
मेचीनगर । मेचीनगर-९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी...
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले...
काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका...
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न...
मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५...
मेचीनगर । नेपाल जेसीजले क्षेत्र (क) सम्मेलन झापाको...