मेचीनगर : ८० बर्ष माथिका जेष्ठ नागरिक सम्मानित
मेचीनगर । विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसकाे अवसरमा विहिवार विविध कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सवै बनाै जिम्मेवार , नगराैँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे ।
हिंसाकाे श्रृङखला बन्दः ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बाेधनका लागि नीति नियम र प्रमाणमा आधारित प्रतिक्रियासहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले कार्यक्रम आयाेजना गरेकाे हाे ।
कार्यक्रममा बाेल्दैँ प्रमुख अतिथि नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले “ज्येष्ठ नागरिक मैत्री सम्मान” नगरका रूपमा मेचीनगर नगरपालिकालाई घाेषणा गर्ने गृहकार्य शुरू गर्न ज्येष्ठ नागरिक समाजलगायत सवै लाग्न आग्रह गरिन् ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक हाेम अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ८० बर्ष नाघेका जेष्ठ नागरिकहरू माेहनसिंह तामाङ , रामकुमार कट्टेल, दिलबहादुर थापा, जगतलाल गुभाजु, सीता राई र गाैमाया श्रेष्ठलाई सम्मान गरिएकाे थियाे । प्रमुख अतिथि नगर उपप्रमुख उप्रेती, ज्येष्ठ नागरिक समितिका वरिष्ठ उपाध्यक्ष हिम्मत क्षेत्रीलगायतले उनीहरूलाई दाेसल्ला उढाएर सम्मान्न गरिएकाे थियाे ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
