बाहुनडाँगी कृषि तथा पशुपालन प्रालीद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न
मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा सञ्चालित बाहुणडाँगी कृषि तथा पशुपालन प्रालिले मंगलबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
मेचीनगर नगरपालिका वडा नम्बर – ४ मा सञ्चालित उक्त फर्मले सार्वजनिक सुनुवाइ मार्फत फर्मको लगानी, बैंक तथा वित्तीय संस्थाको ऋण र अनुदान रकमबाट निर्मित विभिन्न संरचना सहित सामग्रीहरुको विवरण सार्वजनिक गरेको छ।
प्रालिका अध्यक्ष केशब सुवेदीका अनुसार संस्था सँग आफ्नो लगानी ऋण र अनुदान रकम गरि कुल रकम रु १४६९४२२० रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको हो । जसमध्ये अनुदान मार्फत रु ७३४७११०/ रुपैयाँ , विर्तामोड स्थित सिविल बैंकबाट र ६००००००/- र संस्थाको रु १३४७११०/- गरी जम्मा रु १४६९४२२०/- रुपैयाँ रहेको थियो ।
जसमा पहिलो चरण अन्तर्गत गोठ निर्माण, स्टोर निर्माण, साईलेस पिठ निर्माण र होल्डिङ एरिया निर्माण गरिएको थियो।
त्यस्तै प्रालिले दोस्रो चरण अन्तर्गत ५० वटा होलस्टेन गाई खरिद, २० युनिटको मिल्किङ पार्लर र २००० लिटरको चिलिङ भ्याट खरिद गरेको छ। उक्त व्यवसायबाट ३० घरपरिवार लाभान्वित हुनेछन् । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्की , संस्थाका अध्यक्ष केशब सुवेदी , संस्थाका पदाधिकारी , स्थानीय कृषकहरु लगायतको उपस्थिति रहेको थियोे । पछिल्लो समय बाहुणडाँगिले कृषि क्षेत्रमा निरन्तर उत्कृष्ट कामहरु गर्दै आएको र धेरैलाई रोजगार समेत दिइरहेको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
