मेचीनगर-८ मा ७ दिने महिला सीप विकास तालिम सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् ।
तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष धमलाले हातमा सीप भए कोहीपनि बेरोजगार बस्नु नपर्ने बताएका छन् । उनले अहिले बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा वडाले महिलाहरूलाई दक्ष बनाउँन तालिमको आयोजना गरिएको बताए । साथै उनले यसअघि बेरोजगार पुरूषहरूको लागि पनि इलेक्ट्रोनिक सम्बन्धि तालिमको आयोजना गरिसकेको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, वडासदस्यहरू कुन्दन निरौला, बिष्णु भट्टराई, कविता खनाल शार्की र मनकुमारी गिरीलगायतले शुभकामना मन्तव्य राख्दै सीप नभएर धेरै महिलाहरू अहिले पनि त्यसै घरमा बसिरहेका बताए । तर, यस्तो अवस्थामा उनीहरूलाई आवश्यक सीप मुलक तालिम दिन सके त्यसले पनि आत्मानिर्भर बन्न सहज हुने उनीहरूको भनाइ छ ।
थोरै लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिम प्रशिक्षार्थीका लागि उपयुक्त रहेकाले सीप सिकेर आत्मानिर्भर बन्न सहयोग पुर्याउने बताए ।
आस्था डेकोरेशन उद्योग मेचीनगर-८ ले दिने महिला सीप विकास तालिममा वडाको ३९ वटा टोलबाट एक एक जना महिलाहरूको सहभागीता रहेको मेचीनगर-८ कि वडासचिव पवित्रा सुब्बाले जानकारी दिइन् ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...