काँग्रेस जोगाउन पूर्वबाट रुपान्तरणको विगुल
मेचीनगर । काँग्रेस जोगाउने अभियान नाम दिइएको रुपान्तरण अभियान सन्चालन हुने भएको छ ।
सोमबार पार्टी क्षेत्रीय कार्यालय धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो ।
सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना बृहत् रहेको अभियन्ताहरुले बताए ।
रुपान्तरण अभियान लिएर झापा आईपुगेका काँग्रेस नेता खोटाङका पुर्व जिल्ला सभापति सुबास पोखरेलले पार्टीले गर्ने एकल निर्णय गलत रहेको आरोप लगाए ।
२७ हजार बढी निर्वाचित जनप्रतिनिधि रहेको वर्तमानमा प्रतिनिधिहरु नै अलमलमा पर्नुपर्ने अवस्था आएको उनले बताए ।
पार्टीका शिर्ष नेता र नेतृत्व देखाएर फेरि भोट माग्ने अवस्था नदेखिएको बताउँदै देशभरबाट आएका सुझावलाई केन्द्रीय नेतृत्व र पार्टीलाई बुझाउने उनले बताए ।
पार्टीमा आस्था राख्ने व्यक्ति अब पार्टीको कार्यकर्ता नभइ पार्टीको सदस्यको रुपमा जागरण अभियानमा जोडिने बताए ।
सो अवसरमा नगर सभापति सुदयकुमार पनेरुले पार्टीमा देखिएका गलत प्रवृत्ति सुधार गर्न थालिएको अभियान सकारात्मक रहेको बताउँदै नगर समितिको तर्फबाट सहयोग रहने बताए।
महाधिवेशन प्रतिनिधि पुर्व नगर प्रमुख बिमल आचार्यले पछिल्लो समयमा काँग्रेस मात्र नभएर सबै पार्टी सुध्रनु पर्ने अवस्था आएको बताए । पार्टी जागरण अभियानमा पार्टीका युवा नेतृत्वदेखि आम कार्यकर्ताको साथ रहनु पर्ने बताए ।
सो अवसरमा पार्टीका महाधिवेशन प्रतिनिधि, प्रदेश, क्षेत्रीय, नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
भेटघाट कार्यक्रमको सहजीकरण उत्तमबहादुर चम्लागाईंले गरेका थिए ।
पूर्वमा पार्टीको जागरण अभियान कोशी प्रदेशको इटहरीमा जेठ ३१ गते बृहत् रुपमा आयोजना गरिएको जानकारी गराईएको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
