गृहलक्ष्मी सहकारीले गर्यो पुनर्ताजगी कार्यक्रम

धुलाबारी । प्रधान कार्यालय धुलाबारीमा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा सम्पन्न गरेको छ ।
सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा अस्वभाविक गर्मी बढेपछि सहकारीले वार्षिक कार्यक्रम अन्तर्गत इलामको सूर्योदयमा कार्यक्रम राखेको व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।
कार्यक्रममा मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका कार्यकारी अधिकृत खोम बगालेले वर्तमान अवस्थामा सहकारीका सञ्चालक तथा कर्मचारीको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
सहकारी संस्थाका कार्यवहाक अध्यक्ष रेणुका डाँगी (दुर्गा) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक सरोज मेहराले गरेका थिए । प्रशिक्षण पछि सहकारी टोलीले पूर्वको रमणीय ठाउँ कन्याम लगायतका क्षेत्रको अवलोकन तथा अध्ययन गरेको थियो ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...