इटहरी उपमहानगरपालिकासंग मेचीनगरको न्यायिक अनुभव साटासाट

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले गरेको न्यायिक कार्य सम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार इटहरी उपमहानगरपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रममा मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले मेचीनगरमा अपनाइएको न्यायिक कार्य सम्पादनको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक संगिता चौधरीले इटहरी उपमहानगरपालिका न्यायिक समितिले गरेका मेलमिलापको बिषयमा जानकारी गराएकी थिइन् । उनले इटहरीमा नगरस्तरीय मेलमिलाप समिति समेत गठन गरि न्यायसम्पादन भइरहेको बताइन् ।
कार्यक्रममा मेचीनगर न्यायिक अधिकृत इन्दिरा खरेल, इटहरी उपमहानगरपालिकाका कानुन अधिकृत कमल प्रसाद पोखरेल, इटहरी मेलमिलाप समिति संयोजक विमला ढकाल, मेचीनगर न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेलगायले बोलेका थिए ।
तीनदिने न्यायिक तथा मेलमिलाप समितिको अध्ययान अवलोकनका क्रममा टोलि इटहरी आइपुगेको हो । बुधबार बिहान मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले शुभकामना सहित बिदाइ गरेकी थिइन् । मेचीनगरको टोलि खादबारी, धनकुटा, पाख्रीबास र धरान उपमहानगरपालिकाका न्यायिक समितिसंग छलफल गरि शुक्रबार फर्कने कार्यक्रम रहेको अध्यायन तथा अवलोकन टोलिका संयोजक सन्तोष न्यौपानेले बताए ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...