जनताको अपेक्षा पुरा भएन : प्रदेश सदस्य विश्वकर्मा


मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले सरकारले जघन्य अपराधमा संलग्न दोषीलाई आम माफी दिएर प्रहरी संगठनमा ठूलो प्रहार गरेको बताएका छन् ।

नेपाल पूर्व प्रहरी संगठन मेचीनगर कार्यसमितिको धुलाबारीमा सम्पन्न दोस्रो साधारण सभालाई शनिवार उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले सो कुरा बताएका हुन् । ‘यो व्यवस्थाले जनताको भावनालाई सम्बोधन गर्न सकेन,’ प्रमुख अतिथि विकले भने, ‘राजनीतिक दलहरुको आडमा आपराधिक घटना मौलाएको छ । जघन्य अपरामा मुसिएका मानिस दलकै आडमा खुलेआम हिँडिरहेका छन् ।’

२०७२ सालमा टिकापुरमा भएको जघन्य अपराधका दोषीलाई सरकारले आफमाफी दिएर प्रहरी तथा पूर्व प्रहरीको मनोबल गिराउने काम गरेको उनले बताए । जिम्मेबार भएर कर्तब्य निर्वाह गर्दागर्दै भाला प्रहार गरेर क्रुरतापूर्वक प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानसहित ८ जनाको हत्या गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि पूर्व प्रहरी संगठनका कोशी प्रदेश सचिव देवीभक्त आचार्य, झापा जिल्लाका वरिष्ठ उपाध्यक्ष अभिचन्द्र रिजाल, कचनकवल अध्यक्ष देउमान बुढाथोकी, जिल्ला उपभोक्ता मञ्च झापाको अध्यक्ष मदन गोपाल सुब्बा, सहिद अमर प्रहरी परिवारको तर्फबाट बिना तामाङलगायतले प्रहरी तथा पूर्व प्रहरीहरु अभिभावक बिहिन बन्दै गएको दुखेसो पोखे ।

जनतार राष्ट्रिको संरक्षणमा बलिदानीपूर्ण योगदान पुर्याउँदै आएको प्रहरीको मनोबल सरकारले कमजोर बनाएको उनीहरुको आरोप थियो । कैलाली घटनाका दोषीलाई पुनः कार्वाही नगरे देशमा सशक्त आन्दोलन सुरु गर्ने अघिकांश बक्ताहरुको भनाइ थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारले पूर्व प्रहरीहरुलाई जेष्ठ नागरिक भत्ता नदिएर विभेद गरेको आरोप लगाएका थिए ।

कार्यक्रममा पूर्व प्रहरी संगठनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व प्रहरी हवल्दार धनबहादुर तामाङलाई सम्मान गरिएको छ । सो अवसरमा संगठनका अध्यक्ष अमिन अली शेखले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाका खाका प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी उप्रेतीले गरेका थिए ।