मेची अभियान : अग्निपीडित निरौलाको घर हस्तान्तरण
ईटाभट्टा । झापाको मेचीनगरमा सक्रिय मेची अभियानको आर्थिक र सामाजिक सहयोगमा अग्निपीडित मेचीनगर–२ का केवल निरौलाको परिवारलाई बिहिवार घर हस्तान्तरण गरिएको छ ।
परिवारको दयनीय अवस्थामै घर आगजनी हुँदा आवसबिहिन बनेका निरौला परिवारलाई प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको विशेष उपस्थितिमाअभियानले निरौला परिवारलाई सम्मानसहित घर हस्तान्तरण गरेको हो ।
टेम्पो चलाएर घरको गर्जो टार्दै आएका केवलको घर एक वर्षअघि आगलागी भएर परिवार घरविहीन भएका थिए । मेची अभियानले घर बनाउने अभियानको नेतृत्व गरेको थियो ।
आफ्नो आमाको जन्मदिनको अवसरमा अग्निपीडित निरौलालाई ११ हजार नगदबाट घर बनाउन आर्थिक संकलन शुरु गरेको स्मरण गर्दै घर हस्तान्तरणका क्रममा सांसद् शर्माले झापा निर्वाचन क्षेत्रभरि आगलागीबाट घरवारविहीन भएका परिवारलाई नयाँ घर बनाउन सांसद् वापत आउने पारिश्रमिकबाट सहयोग गर्ने घोषणा गरेका थिए ।
कोही अग्नीपीडित हुनु नपरोस्, बिपद आइलाग्यो भने मेरो सांसद्को पारिश्रमिकबाट पीडितको घर निर्माणमा सहयोग गर्ने शर्माले प्रतिबद्धता व्यक्त गरेका थिए ।
मेची अभियानमार्फत घर निर्माणका लागि देश–बिदेशबाट नौ लाख जुटेको र बाँकी लागत निरौला परिवारले नै जुटाएको मेची अभियानका अध्यक्ष बिजय डालमियाले जानकारी दिए। उनले स्थानीय बेरोजगार युवालाई रोजगारीमा लगाइदिने बचन दिएका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
