बाहुनडाँगीमा कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’
मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ । बाहुण्डाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवशर पारी जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो ।
स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुण्डाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
समसामयिक विषयलाई केन्द्रमा राखेर साहित्यको माध्यमबाट व्यवस्थालाई नै प्रहार गर्न सक्ने प्रख्यात कवि पराजुलीलाई बाहुण्डाँगीमा ल्याउँदा स्थानीय साहित्यलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौलाले बताउनुभयो ।
‘समाज परिवर्तनमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने साहित्यसगँ जोडेर पृथक कार्यक्रम गर्न लागेको हो ।’ उहाँले भन्नुभयो ‘सम्पुर्णको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।’
कार्यक्रम सफलताका लागि स्थानीय विभिन्न संघ संस्थाहरुसँगै मेचीनगर २ र ४ नं वडाले समेत सहयोग गरेको तथा कार्यक्रम आयोजनाका लागि दुई लाख खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेसीजका पूर्व अध्यक्ष तथा मेचीनगर २ का वडाअध्यक्ष दिपक बरालले बताउनुभयो ।
प्रेस क्लब मेचीनगरको कार्यलय इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष निरौला, पूर्व अध्यक्ष बरालसगैँ, निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक देबु बानिँयाको सञ्चालनमा कार्यक्र सम्पन्न भएको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
