नक्सलबाडीमा नेपाली सुमो दुर्घटना, १ को मृत्यु, ५ घाइते

मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट एनजेपी हिडेको मे १ च ६६८५ नम्बरको एम्वेसी परमिट सोतो रंगको सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको सुमोधनी विनोद तामाङले जानकारी दिए ।
उनले नक्सलबाढी छेउ पुग्दा सुमोको पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिएको बताएका छन् ।
गाडीमा सवार सबैजना नेपाली भएको र उनीहरु आसाम राइफलमा कार्यरत भारतीय आर्मी रहेको बुझिएको छ । भारतीय प्रहरीले घाइतेहरुलाई उपचारका लागि सिलीगुडी पठाइएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सुमो दुर्घटना भएको बताए । उनका अनुसार दुर्घटनामा १ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ । थप जानकारी आउँन बाँकी छ ।
आसाम राइफलमा कार्यरत भारतीय आर्मी केहि दिनअघि छुट्टीमा नेपाल घर आएर फर्किएको बुझिएको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...