नक्सलबाडीमा नेपाली सुमो दुर्घटना, १ को मृत्यु, ५ घाइते
मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट एनजेपी हिडेको मे १ च ६६८५ नम्बरको एम्वेसी परमिट सोतो रंगको सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको सुमोधनी विनोद तामाङले जानकारी दिए ।
उनले नक्सलबाढी छेउ पुग्दा सुमोको पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिएको बताएका छन् ।
गाडीमा सवार सबैजना नेपाली भएको र उनीहरु आसाम राइफलमा कार्यरत भारतीय आर्मी रहेको बुझिएको छ । भारतीय प्रहरीले घाइतेहरुलाई उपचारका लागि सिलीगुडी पठाइएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सुमो दुर्घटना भएको बताए । उनका अनुसार दुर्घटनामा १ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ । थप जानकारी आउँन बाँकी छ ।
आसाम राइफलमा कार्यरत भारतीय आर्मी केहि दिनअघि छुट्टीमा नेपाल घर आएर फर्किएको बुझिएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
