मेचीनगर नगरपालिका : सामाजिक सुरक्षा भत्ता वितरण चाडैं हुने
मेचीनगर । मेचीनगर–२ का जेष्ठ नागरिकले आफुहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता पाउन ढिलाइ भएको भन्दै नगरपालिकाको कार्यालय पुगेका छन् । बुधबार मेचीनगर–२ का वडाध्यक्ष दिपक बरालसहित जेष्ठ नागरिकको टोली नगरपालिका पुगेको हो ।
राज्यले दिदैं आएको सामाजिक सुरक्षा भत्ता समयमा पाउनुपर्ने माग सहित एक बस नगरपालिका पुगेको जेष्ठ नागरिकको टोलिले माघदेखिको भत्ता पाउन नसकेको भन्दै जनप्रतिनिधि र आर्थिक प्रशासनलाई प्रश्न गरेका छन् । नगरपालिकाले सहजरूपमा समयमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको माग थियो ।

यता नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सामाजिक सुरक्षा भत्ता वितरणमा विगतमा कर्मचारीको केही प्राविधिक त्रुटिका कारण अहिले ढिलाइ भएको बताइन् । उनले अब प्राविधिक समस्या समाधान भइरहेको बताउदैं दुई तीन दिनमा नै सबैले पाउने गरी कार्य अगाडि बढाइसकेको जानकारी दिइन् ।
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
