अब मेचीनगरबाटै श्रम स्वीकृतिका लागी आवेदन
मेचीनगर । अब झापाको मेचीनगर नगरपालिकाबाटै वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिन आवेदन दिन सकिने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै श्रम स्वीकृतिका लागी अब नगरबाटै आवेदन दिन सकिने जनाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९ चैत १६ को निर्णय अनुसार वैदेशिक रोजगारीका लागी व्यक्तिगत तथा पुन श्रम स्वीकृति स्थानीय तहहरुबाटै आवेदन गर्ने व्यवस्था कार्यान्वयनका लागी नगरले यहाँबाट नै श्रम स्वीकृतिका लागी आवेदनको व्यवस्था गरेको हो ।
अब आवयश्यक कागजातसहित नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिनेछ ।


मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


