चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो ।
मेचीनगरले पालिका स्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई सञ्चारमैत्री बनाउने अभियान थालेको छ ।
नगरपालिकाले अब सञ्चार क्षेत्रका सम्पूर्ण काम कार्वाही पत्रकारहरू कै माध्यमबाट सञ्चार प्रतिष्ठान मार्फत गर्ने गरी अधिकार सम्पन्न सञ्चार प्रतिष्ठान गठन गरिएको बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले जानकारी दिए । उनले सञ्चार प्रतिष्ठान गठन भएसंगै अब मिडिया र मिडियाकर्मीसम्बन्धि सम्पुर्ण कार्य सञ्चार प्रतिष्ठानले नै गर्ने बताए ।
सञ्चार प्रतिष्ठानको सचिवमा पत्रकार प्रकाश पौडेल, सदस्य हरूमा अर्जुन कार्की, झुलन रेग्मी, भूमिका सुब्बा, सुष्मा राजवंशी, किशोर उपरकोटी, हेमन्त निरौला र गगन ढकाल रहेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
