अबैद्य आयात भएको कुखुरा र माछा नियन्त्रण गरी नष्ट
मेचीनगर । खुला सिमानाको गलत फाइदा उठाउँदै अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको माछा तथा कुखुराको मासु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
बिओपी काँकरभिट्टाबाट खटिएको टोलीले आज मेची पुलबाट अन्दाजी २० हजार मुल्य बराबरको ५० केजी ब्रोइलर कुखुराको मासु र अन्दाजी तिन हजार मुल्य बराबरको १० केजी माछा नियन्त्रणमा लिएको थियो ।
उक्त मासु तथा माछा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको बिओपी काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


