अबैद्य आयात भएको कुखुरा र माछा नियन्त्रण गरी नष्ट

मेचीनगर । खुला सिमानाको गलत फाइदा उठाउँदै अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको माछा तथा कुखुराको मासु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
बिओपी काँकरभिट्टाबाट खटिएको टोलीले आज मेची पुलबाट अन्दाजी २० हजार मुल्य बराबरको ५० केजी ब्रोइलर कुखुराको मासु र अन्दाजी तिन हजार मुल्य बराबरको १० केजी माछा नियन्त्रणमा लिएको थियो ।
उक्त मासु तथा माछा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको बिओपी काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिए ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...