धुलाबारी खानेपानी : भ्रष्टचार र बेथितिलाई रोक्न रास्वपा मैदानमा
धुलाबारी । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ ।
धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार पत्रकार स्म्मेलन आयोजना भ्रष्टचार र बेथितिलाई रोक्न आफ्नो पार्टीले सबै पदमा उम्मेदवारी दिएको र आफूहरु जीतको नजिक रहेको निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टीका मेचीनगर सभापति भीम कुँवरले पत्रकार सम्मेलनमा बताए ।

नगर सभापति भीम कुँवरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार सन्तोष राजबंशीले चुनावी घोषण पत्र सार्वजिनिक गर्दै मतदाताले सक्षम उम्मेदवार खोजेकोले यस पटक युवाले नेतृत्व पाउने दावी गरे । उनले आफूहरु निर्वाचित भए खानेपानीमा धेरै खाले सुधारका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिवद्धता पत्रमा ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको श्रोत विस्तार, कर्मचारीलाई प्रोत्साहन, पाइप लाइन विस्तार, २४ सै घण्टा पानीको सुविधा,कुईक रेसपोन्स टिम, सुझाव पेटिका, खानेपानी संस्थालाई भ्रष्टचार मुक्त बनाउने लगायतका १० बुँदे योजनाहरु रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव जीवन कट्टेलले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
