धुलाबारी खानेपानी : भ्रष्टचार र बेथितिलाई रोक्न रास्वपा मैदानमा
धुलाबारी । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ ।
धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार पत्रकार स्म्मेलन आयोजना भ्रष्टचार र बेथितिलाई रोक्न आफ्नो पार्टीले सबै पदमा उम्मेदवारी दिएको र आफूहरु जीतको नजिक रहेको निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टीका मेचीनगर सभापति भीम कुँवरले पत्रकार सम्मेलनमा बताए ।

नगर सभापति भीम कुँवरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार सन्तोष राजबंशीले चुनावी घोषण पत्र सार्वजिनिक गर्दै मतदाताले सक्षम उम्मेदवार खोजेकोले यस पटक युवाले नेतृत्व पाउने दावी गरे । उनले आफूहरु निर्वाचित भए खानेपानीमा धेरै खाले सुधारका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिवद्धता पत्रमा ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको श्रोत विस्तार, कर्मचारीलाई प्रोत्साहन, पाइप लाइन विस्तार, २४ सै घण्टा पानीको सुविधा,कुईक रेसपोन्स टिम, सुझाव पेटिका, खानेपानी संस्थालाई भ्रष्टचार मुक्त बनाउने लगायतका १० बुँदे योजनाहरु रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव जीवन कट्टेलले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
