काँकरभिट्टा क्याम्पस : स्ववियु सभापतिमा नेविसंघका तामाङ निर्वाचित
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको बर्चश्व कायम भएको छ । चैत १० गते शुक्रबार सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेवि संघले कोषाध्यक्ष बाहेक प्रत्यक्षतर्फ सबै पदमा विजयी हासिल गरेको छ ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थीसंघको तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका विशाल तामाङ निर्वाचित भए । उनले दुई सय ५० मत प्राप्त गरे । उनको प्रतिस्पर्धी एस निकट अनेरास्ववियूका विनम सरदारले एक सय ९० तथा एमाले निकट अनेरास्ववियुका रोषन भुजेलले ४८ मत ल्याए ।
स्ववियु सचिवमा पनि नेवि संघकै उमेद्वार सुवाश खत्री निर्वाचित भए । उनले एक सय ८२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी एस निकट अनेरास्ववियूका सुरज राजवंशीले एक ६५ तथा एमाले निकट अनेरास्ववियुका सन्देश पौडेलले एक ३५ मत ल्याए ।
यस्तै कोषाध्यक्ष पदमा नेकपा एस निकट अनेरास्ववियूकी उमेद्वार अनुषा अर्याल निर्वाचित भइन् । उनले एक सय ६९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेविसंघकी निशा धमलाले एक सय ५३ तथा एमाले निकट अनेरास्ववियुकी प्रतिमा रिजालले एक सय ४६ मत ल्याइन् ।
स्ववियु सदस्यहरुमा नेविसंघका सुरज चिमरिया (२१७), रिया ढुगाना (२०७), अंकितप्रसाद चम्लागाई (१८५), योगेन्द्र खड्का (बरदान) (१८१) र सुरज राई (१४५) मत सहित निर्वाचित भएका छन् ।
छ सय १६ मतदाता विद्यार्थी काँकरभिट्टा क्याम्पसमा पाँच सय चार जनाले मतदान गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...