धुलाबारी खानेपानीमा दलबलका साथ उम्मेदवारी दर्ता

मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुन गइरहेको निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गरिएको छ ।
समाचार तयार पार्दासम्म ११ पदका लागि ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
धुलाबारी खानेपानी समितिको नयाँ नेतृत्वको लागि सक्रिय राजनीतिक दलहरुले दलबलसहित एकल तथा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गराएका हुन् । खानेपानीमा नेपाली काँग्रेस र राप्रपाबीच गठबन्धन भएको छ भने एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच समिकरण बनेको छ ।
काँग्रेससहितको गठबन्धनबाट अध्यक्ष पदमा धनकाजी खत्री दाहालले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको समिकरणबाट अध्यक्ष पदमा रचिन्द्र श्रेष्ठको उम्मेदवारी रहेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एकल उम्मद्वारी दर्ता गराएको छ । स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा सन्तोष राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस गठबन्धनबाट उपाध्यक्ष पदमा हिमालय आङ्देम्बे, सचिव पदमा उमेश सुवेदी, सदस्यहरुमा सरोज खड्का, कविन्द्र श्रेष्ठ, लिलादेवी गौतम, धनमाया गौतम पोख्रेल, भूमि कडरीया, नारायण भट्टराई, केदार खत्री र रित खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै एमाले सहितकोगठबन्धनबाट उपाध्यक्ष पदमा लक्ष्मी श्रेष्ठ, सचिव पदमा उमेश डाँगी, सदस्य पदमा सञ्जय श्रेष्ठ, दिपु कटुवाल, हेमा कट्टेल, बिना अधिकारी, रिता दाहाल, हिरा आचार्य, अमर लिम्बु र राजन कुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी एकल उम्मेदवारी खडा गरेको स्वतन्त्र पार्टीले उपाध्यक्ष पदमा प्रकास श्रेष्ठ, सचिव पदमा ओमनाथ घिमिरे, सदस्य पदमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईँ, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कवर र लोकनाथ काफ्लले उम्मेदवारी दर्ता गराएका छन् ।
धुलाबारी खानेपानीमा ५ हजार ७ सय उपभोक्ता छन् । ती मध्ये ४ हजार ९सय १७ जनाले मतदान गर्न पाउने छन् । पुस मसान्त सम्मको महसुल बुझाएकाले मात्रै मताधिकार प्राप्त गरेका हुन् ।
धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् भने थोरै मेचीनगर–१४ मा रहेका छन् ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...