काँकरभिट्टा क्याम्पसमा स्ववियु निर्वाचन : मतदान सुरू
काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन लागी मतदान सुरू
भएकाे छ । बिहान ८ वजे बाट मतदान सुरू भएकाे हाे ।
कुल ६१६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि मतदान सहज होस भन्नका लागि २ वटा केन्द्र स्थापना गरिएको छ । क्र.सं ०१ देखि ३०० सम्म मतदान केन्द्र ‘क’ मा र क्र.सं ३०१ देखि ३१६ सम्म मतदान केन्द्र ‘ख’ मा मतदान हुनेछ ।
त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका ५ वटा संघ, संगठन, समूहबाट ४/४ जनाको दरले बुथ प्रतिनिधिको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । यस निर्वाचनले प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु गठन गर्नेछ ।
झापाका अधिकांश क्याम्पसमा स्ववियु नेतृत्व चयन भइसकेपनि काँकरभिट्टामा चयन हुन सकिरहेको थिएन । गत ५ गते तोकिएको निर्वाचन असहज परिस्थिती भएको भन्दै स्थगित गरिएको थियो । आज सम्पन्न मतदानले भने काँकरभिट्टा क्याम्पसले नयाँ स्ववियु नेतृत्व चयन गर्नेछ ।



मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


