मेची भन्सार प्रमुखले बन्द गराए नेपाल-भारत जोड्ने एसियन हाइवे
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/03/IMG_20230322_071930.jpg)
काँकडभिट्टा । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद पाठकले राजश्व संकलनको लागि परीक्षण भन्दै नेपाल-भारत जोड्ने पूर्वी नाकामा एसियन हाइवे नै बन्द गराएका छन् ।
मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरूलाई समस्या भएको छ । भारतबाट आउने यात्रुहरूलाई मुख्य एसियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टि यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झन्झटिलो भएको उनीहरूले बताएका छन् । भारतबाट चार चक्के र दुई चक्के सवारीसाधनमा आउने नेपाल र भारतका सबै यात्रुहरूलाई उत्तरपट्टि भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच गरिसकेपछि सुपारी लाइन हुँदै देवकोटा पार्क निकाल्ने गरिएको छ ।
यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले तीन दिनअघिदेखि सो नयाँ नियम लागू गरेका हुन् । यात्रु शाखामा यात्रुहरूलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको उनीहरूको गुनासो छ । यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरूले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरू नै बताउँछन् । ‘हाइवेमा हुँदा सजिलो थियो भनेर उहाँहरू भन्नुहुन्छ ’सशस्त्रका सईले भने,‘ यात्रु शाखा आउँदा उहाँहरू झन्झट मान्नुहुन्छ ।’
यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले चेक गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरूले चेकजाँच गर्ने गरेका थिए । अहिले तीन चक्के सवारीसाधनहरू हाइवेबाट सञ्चालन भइरहेका छन् । भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टि यार्डबाट तीन चक्के सवारीसाधन जाने गरी व्यवस्था मिलाउन थालेका छन् । यात्रुहरूलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी सङ्कलन गर्ने उद्देश्यले सो नियम बनाएको भन्सार प्रमुख पाठकले प्रतिक्रिया दिएका छन् । उनले सीधा हाइवेबाट ओहोरदोहोर गर्न नपाउँदा पोके व्यापारीहरूको व्यापार घट्ने बताए ।‘ दिनमा १० चोटि ओहोरदोहोर गर्नेहरू पाँच पटकमा झर्छन् ’उनी भन्छन् । आफूले परीक्षणका लागि त्यस्तो नियम लागू गरेको भन्सार प्रमुख पाठकको भनाई छ ।
त्यस विषयमा आफूलाई पनि गुनासो आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले धेरै झन्झटिलो भए यात्रु शाखामा चेकजाँच गर्ने व्यवस्था हटाउन भनिसकेको जानकारी दिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...