लागुऔषध न्युनिकरणका लागि ‘प्यारीभिट्टा महोत्सव’
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/03/received_6225231394194738.jpeg)
मेचीनगर । ‘प्रथम प्यारीभिट्टा महोत्सव’ आजदेखि सुरु भएको छ । आइतबार प्यारीभिट्टा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए ।
सांसद तामाङले महोत्सवमा जुवा तास, डाइस, लक्की सेभेन जस्ता खेलहरु मत्र होइन धुमपान, मद्यपान पनि निषेध गर्न आयोजकलाई आग्रह गरे ।
उनले समाजलाई गलत दिशातर्फ धकेलिरहेको लागुऔषधलाई हटाउन यस किसिमका महोत्सवले ठुलो अर्थ लाग्ने बताए ।
लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँने उद्देश्यले मेचीनगरमा ‘प्रथम प्यारीभिट्टा महोत्सव’ सुरु गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा जुवा तास, डाइस, लक्की सेभेन जस्ता खेलहरु निषेध गरिएको प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तिनाथ काफ्लेले बताए ।
कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणी ओली, लागुऔषध नियन्त्रणमा सक्रिय भिम लुईटेल, सञ्जीव श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु ल्गायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
महोत्सवमा राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारहरुको वेजोड प्रस्तुती रहने छ । आयोजकका अनुसार महोत्सवमा सोमबार साँझ सारेगम लिटल च्याम्पका प्रितम आचार्य आउँने भएका छन् ।
महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु पनि राखिएको छ ।
मेचीनगर–७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा सुरु भएको महोत्सव यही चैत २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तिनाथ काफ्लको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत महोत्सव आयोजक समितिका संयोजक चन्दन गौतमले र सञ्चालन सुमन शर्माले गरेका थिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...