१७ दिनपछि खुल्यो काँकरभिट्टा क्याम्पसको ताला

काँकरभिट्टा । ताला लागेको १७ दिनपछि आज काँकरभिट्टा क्याम्पसको ताला खुलेको छ । फागुन १९ गते स्ववियु निर्वाचन आचारसंहिता सम्बन्धी विवाद भएपछि अनेरास्ववियुले क्याम्पसमा ताला लगाएको थियो । उक्त ताला स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा अनेरास्ववियुले खोलेको हो ।
आज क्याम्पस प्रशासन र अनेरास्ववियु बीच भएको छलफलपछि माग सम्बोधन भएको र ताला खुलेको क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेलले बताएका छन् । क्याम्पसले तीन महिनाका निम्ति निलम्बन गरेको अनेरास्ववियु जिल्ला कमिटी कार्यालय सचिव सन्तनेष धमला र क्याम्पस कमिटीको अध्यक्ष पौडेलको निलम्बन फिर्ता लिएपछि ताला खोलिएको हो ।
काँकरभिट्टा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको निर्वाचन तालिक अनुसार स्ववियु निर्वाचन नहुने भएको छ । काँकरभिट्टा क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन गर्ने सहमती भएको क्याम्पस प्रशासनले बताएको छ । प्रशासनले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने पनि जनाएको छ ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...