लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउँन भोलिदेखि प्यारीभिट्टा महोत्सव

मेचीनगर । प्यारीभिट्टा युवा क्लक मेचीनगर ७ ले भोलिदेखि प्यारीभिट्टा महोत्सव २०७९ आयोजना गर्दैछ । लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउने उदश्यले चैत ५ गतेदेखि आयोजना हुने महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुँदैछ ।
सामाजिक बिकृति, बिसंगती र लागुपदार्थ दुव्र्यसनको बिरुद्ध सचेतना जगाउने उदेश्यले आयोजना गरिन लागेको महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको बृह्त साँस्कृतिक कार्यक्रम रहने आयोजक प्यारीभिट्टा युवा क्लकका अध्यक्ष मुक्तिनाथ काफ्लेले जानकारी दिए । उनले भोलिदेखि सुरु हुने महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल, शिव परियार, मेलीना राई, रचना रिमाल, ज्योति मगर, एलिना चौहान, तृष्ण गुरुङ, चर्चित हास्यकलाकार सन्दिप क्षेत्रिलगायलको प्रस्तुती रहने जनाए ।
उनले महोत्सवमा विभिन्न स्टलहरुसंगै नेपालकै ठुलो रोटेपिङलगायत विभिन्न मनोरञ्जनका खेल सामाग्रीहरु पनि रहेको बताए । पछिल्लो समय लागुपदार्थ दुव्र्यसन एक जटिल समस्याको रुपमा विगसित हुँदै गइरहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्नका लागि सचेतना जगाउने उदेश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक चन्दन गौतमले जानकारी दिए । उनका अनुसार महोत्सव बजेट कलेक्सनका लागि नभई लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियानका रुपमा आयोजना गरिएको बताए ।

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...