रोटरी मेचीनगर : म्याराथन दौडको उपाधि सविन र सुस्मितालाई

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला म्याराथन दौड प्रतियोगिताको उपाधि बिर्तामोडका सविन लिम्बु र भद्रपुरकी सुस्मिता राईले हात पारेका छन् ।
शनिबार आयोजित खुला म्याराथन दौडमा प्रतिस्पर्धिहरुलाई उछिन्दै पुरुषतर्फ सविन र महिलातर्फ सुस्मिता उपाधि हात पारेका हुन् ।
काँकरभिट्टादेखि धुलाबारी सम्मको निर्धारित दुरी १९ मिनेट १७ सेकेन्डमा पार गर्दै सविन लिम्बुले प्रमाण पत्रसगैँ प्रथम पुरस्कार १० हजार प्राप्त गरेका थिए ।
त्यस्तै महिलातर्फ २६ मिनेट ५७ सेकेन्डमा पार गर्दै भद्रपुरकी सुस्मिता राईले प्रथम पुरस्कार नगद १० हजार प्राप्त गरेकी थिइन् ।
यस्तै प्रतियोगितामा पुरुषतर्फ क्रमशः सरदसिंह लिम्बु दोस्रो, प्रज्वल रायमाझी तेस्रो, बबि चौधरी चौथो र अर्जुन बस्नेत पाचौँ भए । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र २÷२ हजार नगद प्राप्त गरेका थिए ।
यस्तै महिलातर्फ पनि क्रमशः सविना तामाङ दोस्रो, रुपा राई तेस्रो, सरिता दनुवार चौथो र सबिता चौहान पाँचौ भए । उनीहरुले पनि क्रमश क्रमशः ७ हजार, ५ हजार र २÷२ हजार नगदसगैँ प्रमाण पत्र प्राप्त गरेका थिए ।
रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, कञ्चन बराल लगायत रोटरी तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरीएन दिनेश शाक्य र उषा श्रेष्ठले गरेका थिए ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...