मेचीनगर : शारीरिक असक्तलाई ह्वील चियर वितरण
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ ।
नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच नगरको सभाहल परिसरमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा नगरका पन्द्र जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर मुक्त नगर बनाउने अभियानको शुभारम्भ गरेका हुन् ।
शारीरिक रूपमा अति असक्त भएका नागरिकको दैनिकीमा सहजता पुर्याउन नगरपालिकाले पहिलो चरणमा करिब १५ हजार मूल्य प्रति थान पर्ने एक सय थान ह्वील चियर वितरण गरिने मेचीनगर महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।

कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख पोखरेल, बरिस्ठ प्रशासकीय अधिकृत वस्तीलगायतले मेचीनगरले ह्वील चियर मुक्त नगर बनाउन विगतदेखि नै ह्वील चियर वितरण गर्दै आएको बताउँदै यसलाई थप प्रभावकारी बनाउन पुनः आजदेखि ह्वील चियर नपाएकाहरूलाई वितरणको अभियान सञ्चालन गरिएको जनाए ।
ह्वील चियर वितरण कार्यक्रममा नगर प्रमुख उपप्रमुखसहित नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, लेखा अधिकृत राजन भेटवाल, स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटागायतका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...