मेचीनगरका कर्मचारीहरु गुरगुर्ती गएपछि……..
मेचीनगर । नगरपालिका कार्यालयको कार्यसम्पादन प्रभावित पार्ने गरी शुक्रवार मेचीनगरका कर्मचारीहरु वडाको कार्यक्रममा व्यस्त बनेका छन् ।
वडा नं ८ को वडा कार्यालय उद्घाटन कार्यक्रममा मेचीनगरका अधिकांश कर्मचारीहरु गुरगुर्ती गएका हुन् । अधिकृत तहकादेखि अन्य कर्मचारीहरु वडा कार्यालयको कार्यक्रममा जाँदा सेवाग्राहीको कामकाज प्रभावित बनेको हो । वडा नं. ११ बाट आएका एक सेवाग्राहीले शुक्रवार दिउँसो नगरपालिकामा कर्मचारी भेटेनन् । काम नहुने भएपछि उनी घर फर्किका थिए ।
वडा नं. ८ को कार्यालय उद्घाटन समारोह शुक्रवार विहान ११ बजेबाट सुरु भएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ प्रकाशकीय अधिकृत अनन्तप्रकाश वस्ती, लेखा शाखा प्रमुख पदम बहादुर कार्की, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, योजना प्रमुख ईश्वरी भट्टराई, इन्जिनियर विशाल जवेगु, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, स्वास्थ्य चौकी वडा नं ८ का प्रमुख दिवाकर पौडेल लगायतका अन्य कर्मचारीहरुलाई अतिथि बनाइएको थियो ।
‘कर्मचारीहरुको सम्मेलन’ जस्तो गरेर सबै कर्मचारी पुगेको देखेर उपस्थित स्थानीय छक्क परेका थिए । कार्यक्रममा निम्तो गरे पनि कामकाज प्रभावित नहुने गरी कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्नुको सट्टा गुरगुर्ती जानुले सेवाग्राहीले ‘यहाँको चाल यस्तै हो’ भनेर टिप्पणी गरेका छन् ।
मेचीनगरमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वय नहुँदा कामकाज प्रभावित हुँदै आएको छ । अन्य पालिकामा कामकाज सहज तरिकाले भए पनि मेचीनगरमा अझै हुन सकेको छैन । पर्याप्त कर्मचारी भए पनि मेचीनगरमा सेवाग्राहीले सहज तरिकाले काम लिन सकेका छैनन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...