प्रेस क्लब मेचीनगरको होली मिलन कार्यक्रम
मेचीनगर, २३ फागुन । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरले होली मिलन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
क्लबले कार्यालय स्थान्तरणसँगै होली पर्वलाई एक आपसमा साटासाट गरेर मनाएको छ ।
क्लबको कार्यालय मेचीनगर–७ मा स्थान्तरण गरिएको छ । यसअघि कार्यालय काँकरभिटामा थियो ।
क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षता तथा मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडाध्यक्ष धमलाले सञ्चार क्षत्रको विकासका लागि वडा, नगर सरकार सदैव लागि पर्ने वचन व्यक्त गरे ।

उनले पत्रकारिताको विकासका लागि वडा सरकारले सहयोग गरिरहेको र यसलाई थप व्यवस्थित गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस क्लब मेचीनगरका सचिव देबु बानियाँले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष जीआर धितालले गरेका थिए ।
होली मिलन तथा कार्यालय स्थान्तरण कार्यक्रममा मेचीनगरका पत्रकार तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


